शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गौहत्याको विरोधमा आज राप्रपाले प्रदर्शन गर्ने

बुधबार, २७ भदौ २०८०, ०९ : १९
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज सरकारविरुद्ध प्रदर्शन गर्दै छ । गौहत्याको विरोध गर्न, सामाजिक सद्भाव कायम गर्न, हिन्दु राष्ट्र र राजसंस्थाको पुनः स्थापना, सङ्घीयताका खारेजीको माग गर्दै प्रदर्शन गर्न लागिएको हो । 

साथै राप्रपाले भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचार काण्डहरूको पूर्ण छानबिन, सुशासनको प्रत्याभूति, शिथिल अर्थतन्त्रमा सुधार र स्वदेशमा रोजगारी सिर्जना, मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई राहत प्रदान गरिनुपर्ने लगायतका विषयमा सरकारविरुद्ध प्रदर्शन गर्न लागेको हो ।

आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक सङ्घ, सङ्गठनहरूको पनि सहभागिता रहने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप