भेट्ने बित्तिकै पुटिन र किम जोङ उनले एक अर्कालाई के भने ?
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनबीच भेटघाट भएको छ । दुई नेताबीचको भेटघाट रुसको वास्तोचनी कोस्मोड्रोममा भएको छ । यो रुसको स्पेस पोर्ट हो जसलाई सन् २०१६ मा सुरु गरिएको थियो ।
रुसको टेलिग्राम च्यानलमा दुई नेताबीचको भेटघाटको भिडियो भाइरल भएको छ । तर बीबीसीले यसलाई स्वतन्त्र रूपमा पुष्टि नगरेको बताएको छ ।
भिडियोमा देखिए अनुसार दुई नेता एक–अर्कासँग हात मिलाइरहेको देखिएका छन् । किम जोङ उन रेलमा रुस पुगेका हुन् ।रुसी सीमामा प्रवेश हुने बित्तिकै रातो कार्पेट बिछ्याएर एउटा स्टेसनमा उनलाई स्वागत गरियो ।
किम जोङ उनसँग पुटिनले भने, ‘तपाईं यति व्यस्त हुँदा पनि हामीलाई बोलाउनु भएकोमा धन्यवाद ।’
यो कुरा त्यो भिडियोमा सुन्न सकिन्छ जसलाई रुसको टेलिग्राम च्यानलमा अपलोड गरिएको छ ।
पुटिनले किम जोङ उनलाई जवाफमा भन्छन्, ‘तपाईंलाई भेटेर खुसी लाग्यो । यो हाम्रो नयाँ कोस्मोड्रोम हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण