मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

भेट्ने बित्तिकै पुटिन र किम जोङ उनले एक अर्कालाई के भने ?

बुधबार, २७ भदौ २०८०, १० : २८
बुधबार, २७ भदौ २०८०

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनबीच भेटघाट भएको छ । दुई नेताबीचको भेटघाट रुसको वास्तोचनी कोस्मोड्रोममा भएको छ । यो रुसको स्पेस पोर्ट हो जसलाई सन् २०१६ मा सुरु गरिएको थियो । 

रुसको टेलिग्राम च्यानलमा दुई नेताबीचको भेटघाटको भिडियो भाइरल भएको छ । तर बीबीसीले यसलाई स्वतन्त्र रूपमा पुष्टि नगरेको बताएको छ । 

भिडियोमा देखिए अनुसार दुई नेता एक–अर्कासँग हात मिलाइरहेको देखिएका छन् । किम जोङ उन रेलमा रुस पुगेका हुन् ।रुसी सीमामा प्रवेश हुने बित्तिकै रातो कार्पेट बिछ्याएर एउटा स्टेसनमा उनलाई स्वागत गरियो । 

russian medianकिम जोङ उनसँग पुटिनले भने, ‘तपाईं यति व्यस्त हुँदा पनि हामीलाई बोलाउनु भएकोमा धन्यवाद ।’

यो कुरा त्यो भिडियोमा सुन्न सकिन्छ जसलाई रुसको टेलिग्राम च्यानलमा अपलोड गरिएको छ । 

पुटिनले किम जोङ उनलाई जवाफमा भन्छन्, ‘तपाईंलाई भेटेर खुसी लाग्यो । यो हाम्रो नयाँ कोस्मोड्रोम हो ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप