सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संसद्

सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभा बैठक

बिहीबार, २८ भदौ २०८०, १६ : १६
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास चन्द्र  नेम्वाङको निधनमा प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । 

बिहीबार अपराह्न ४ बजे बसेको बैठकमा  सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो । त्यसपछि सभामा स्वर्गीय सांसद नेम्वाङको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो । 

शोक प्रस्ताव प्रस्तुत गर्ने क्रममा सभामुख घिमिरेले उनको निधनबाट मुलुकलाई अपूरणीय क्षति भएको बताएका छन् । सभामा सांसदहरु भावुक मुद्रामा उपस्थित भएका थिए । 

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । ७१ वर्षको उमेर यही भदौ २६ गते हृदयघातबाट नेम्वाङको निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप