संसद्
सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभा बैठक
बिहीबार, २८ भदौ २०८०, १६ : १६
काठमाडौँ । संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङको निधनमा प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
बिहीबार अपराह्न ४ बजे बसेको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो । त्यसपछि सभामा स्वर्गीय सांसद नेम्वाङको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।
शोक प्रस्ताव प्रस्तुत गर्ने क्रममा सभामुख घिमिरेले उनको निधनबाट मुलुकलाई अपूरणीय क्षति भएको बताएका छन् । सभामा सांसदहरु भावुक मुद्रामा उपस्थित भएका थिए ।
प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । ७१ वर्षको उमेर यही भदौ २६ गते हृदयघातबाट नेम्वाङको निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण