दुग्ध तथा दुग्धजन्य परिकार विक्री वितरण गर्दा मापदण्ड कायम गर्न काठमाडौँ महानगरको निर्देशन
बिहीबार, २८ भदौ २०८०, १९ : ४७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुल्ला रूपमा दुग्ध तथा दुग्धजन्य परिकार विक्री वितरण नगर्न निर्देशन दिएको छ । बिहीबार एक सूचना जारी गर्दै महानगरले दुग्ध तथा दुग्धजन्य परिकार विक्री वितरण गर्दा मापदण्ड कायम गर्न निर्देशन दिएको हो ।
महानगरका वरिष्ठ पशु चिकित्सक अधिकृत डा। अवधेश झाले सूचना जारी गर्दै खुला रूपमा दुग्ध तथा दुग्धजन्य परिकार विक्री वितरण गर्ने डेरीले खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ अनुसारको मापदण्ड पूरा गर्न निर्देशन दिएका हुन् ।
यस्तै महानगरले दर्ता र नवीकरण नभएका डेरीहरुलाई ३० दिनभित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता गराउन पनि सूचित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदनमा भूमिका प्रभावकारी बनाउन सांसदसँग अन्तरक्रिया गर्दै एमाले, अध्यक्ष ओलीले प्रशिक्षण दिने
-
आज दुई संसदीय समितिको बैठक बस्दै
-
‘देशमा कु भइसक्यो, संविधान बाहिरबाट आएको शक्तिले राज गर्दै छ’
-
गौर भन्सारको उपलब्धि : लक्ष्यभन्दा ४१ प्रतिशत बढी राजस्व सङ्कलन
-
नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध
-
गोरु पाल्ने किसानलाई प्रोत्साहन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण