विद्यालय शिक्षा विधेयकमाथि राय-सुझाव पठाउन नेविसंघको परिपत्र
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल गरि रायसुझाव पठाउन मातहतका निकायलाई परिपत्र गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बिहीबार जिल्ला समिति, विश्वविद्यालय समिति र क्याम्पस इकाई समितिहरूलाई परिपत्र गरेका हुन् ।
विधेयकबारे नेपाल विद्यार्थी संघ, केन्द्रीय कार्यसमितिले आफ्नो धारणा निर्माण गर्ने हुँदा उल्लेखित विधेयकका सबल एवम् दुर्बल पक्ष, दीर्घकालीन प्रभाव र विद्यार्थी मैत्री भएरनभएको विषयवस्तु समेटेर औपचारिक वा अनौपचारिक छलफल चलाई आ–आफ्नो राय, सुझाव, टिप्पणी, वा धारणा भदौ ३१ गतेभित्र पठाउन परिपत्रमा भनिएको छ ।
भदौ २७ गते प्रतिनिधि सभामामा शिक्षा मन्त्री अशोक राईले विधेयक प्रस्तुत गरेका थिए । विधेयकमा भएका केही प्रावधानमाथि आलोचना भइरहँदा नेविसंघले मातहतका समितिमार्फत राय सुझाव संकलन गरेर विधेयकबारे धारणा बनाउन लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण