यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णय
काठमाडौँ । सरकारले कर प्रणाली सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लीको संयोजकत्वमा समिति गठन गरेको छ ।
आज (शुक्रबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०/१० हजार मेट्रिकटन चिनी आयात गर्न स्वीकृत दिने निर्णय गरेको छ । त्यस्तै सरकारले सिंचाई नीति २०८० स्वीकृत गरेको छ । सरकारले नेपाल नागरिकता तेस्रो संशोधन नियमावली २०८० स्वीकृत गर्ने र विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृत दिने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।
उनले भनिन्, ‘कर प्रणाली सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लीको संयोजकत्वमा एउटा समिति गठन गर्ने । साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०/१० हजार मेट्रिकटन चिनी आयात गर्न स्वीकृत दिने । सिंचाई नीति २०८० स्वीकृत पनि गरिएको छ । नेपाल नागरिकता तेस्रो संशोधन नियमावली २०८० स्वीकृत गर्ने । विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृत दिने । प्रधानमन्त्रीज्यु अमेरिका भ्रमणमा जाँदै हुनुहुन्छ, भ्रमण स्वीकृतिको कुरा अघिल्लै क्याबिनेटमा गरिसकेका छौँ । अमेरिकाबाट नै चीन जानुपर्ने भएकाले चीन भ्रमण पनि स्वीकृत गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पीडित भएका जनताहरुको समस्याको स्थायी समाधानका लागि अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने ।’
सरकारले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ । यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पीडित भएका जनताहरुको समस्याको स्थायी समाधानका लागि अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ । यस्तै मन्त्रीपरिषद्ले संविधान दिवसमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको विभूषण यस पटक प्रदान नगर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण