संघीयता कार्यान्वयन गर्न प्रदेशलाई पूर्ण अधिकार दिनुपर्छ : मुख्यमन्त्री चौधरी
शुक्रबार, २९ भदौ २०८०, २० : ५८
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीययताको पूर्ण कार्यान्वयनका लागि प्रदेश सरकार अधिकार सम्पन्न हुनुपर्ने बताएका छन् ।
प्रदेश सरकार र स्थानीय सरकारले पूर्ण अधिकार नपाएको भन्दै उनले तत्काल अधिकार सम्पन्न गराउन संघीय सरकारसँग आग्रह गरे ।
गाउँपालिका महासंघले दाङको भालुवाङमा शुक्रबार आयोजना गरेको स्थानीय सरकार र प्रदेश सरकारबीच प्रदेशस्तरीय परामर्श गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले संघले अधिकार तल्लो तहमा नदिँदा कार्य सम्पादनमा समस्या भइरहेको बताए ।
अधिकारमा सम्पन्न सरकार नहुँदा संघीयता कार्यान्वयन नभएको उनको तर्क छ ।
मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले पाएको अधिकार संघले दिन नखोज्दा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न हुने संकेत देखिएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महानगर अनुसन्धान शोधवृत्तिका लागि उम्मेदवार छनोट गर्दै काठमाडौँ महानगरपालिका
-
चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते
-
स्ट्रेट अफ होर्मुजमा नौवहन सुरक्षाका लागि फ्रान्स र बेलायतले सैन्य सामग्री तैनाथ गर्ने
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण