सेनाको पेट्रोल पम्पमा डिजिटल भुक्तानी काउन्टर
काठमाडौँ । हिमालयन बैंकले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल पम्पमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बंैक र सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशन बीच भएको सम्झौता अनुसार पेट्रोल स्टेशनमा आउने ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै उक्त काउन्टर संचालनमा ल्याइएको हो ।
रिपुमर्दिनी पेट्रोल स्टेशनमा स्थापना गरिएको सो काउन्टरमा ग्राहकहरुले विभिन्न बंैकको मोबाइल बंैकिङ्ग एपमा रहेको नेपाल पे क्युआर तथा सबै बंैकबाट जारी भएको एटिएम कार्ड मार्फत पीओएस मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् । भुक्तानी प्राप्त भए पश्चात् नै भ्वाइस मेसिन तथा एसएमएसमार्फत क्रेता तथा बिक्रेताले भुक्तानी सम्बन्धी जानकारी प्राप्त गर्दछन् ।
बंैकका तर्फबाट बंैकका नायव प्रमुख कार्यकारी उज्वल राजभण्डारी तथा सैनिक कल्याणकारी कोषको तर्फबाट कोषका सहायक रथि किरण केसीले एक समारोह बीच बंैक र कोषका अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थितिमा उक्त डिजिटल भुक्तानी काउन्टरको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण