शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

आइतबार, ३१ भदौ २०८०, १५ : ४६
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । ‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’ को मञ्चमा एकसाथ ४ विजेता छानिएका छन् । प्रतियोगीतामा सिनियर र जुनियर कोटा र केटी गरेर एकसाथ ४ विजेता चुनिएका हुन् । 

प्रतियोगीताको जुनियर केटा तर्फ एलभिन प्रजापति र सिनियर केटातर्फ सुभांक हुमागाई विजेता बन्दा केटीतर्फ जुनियरमा ग्लोरिया बैदार र सिनियरतर्फ सोनिया श्रेष्ठ विजेता घोषित भए ।

होटल सारथी रिसोर्ट धुलिखेलमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगीतामा जुनियर केटातर्फ रुक्सन न्यौपाने फष्टरनअफ र विनिस तामाङ सेकन्ड रनरअप चुँनिदा सिनियर कोटातर्फ वाङ्जु लामा फष्टरनरअफ र आरएस कार्की सेकेन्ड रनरअफ भए ।

प्रतियोगीतामा जुनियर केटीतर्फ रिमा महतो फष्ट रनरअप र जेनिफर पराजुली सेकेन्ड रनरअप घोषित हँुदा सिनियर केटी तर्फ बन्दिका न्यौपाने फष्ट रनर अफ र आयुसा रायमाझी सेकेन्ड रनरअप भइन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना र दावा टेक्नोलोजी एचएमसी नेपाल प्रालिको मुख्य प्रयोजन रहेको प्रतियोगिताको फाइनल स्पर्धामा इन्दु थापा (कार्यकारी निर्देशक तथा प्रिन्सिपल बेलर इन्टरनेशनल स्कुल), अशोक पाण्डे (निर्देशक तथा प्रिन्सिपल सेमरक निष्ट वल्र्ड स्कुल), डा. केबी मानन्धर (सह–प्राध्यापक काठमाडौँ युनिभर्सिटी), सन्त कुमार श्रेष्ठ (भाइस प्रिन्सिपल काभ्रे इङ्लिस सेकेन्डरी स्कुल), रजना प्रधान श्रेष्ठ ( फाउन्डर तथा प्रिन्सिपल बालबाटिका बिद्यामन्दिर हायर सेकेन्डरी स्कुल), लव कार्की  (संचारकर्मी) लगायत निर्णायक रहेका थिए ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए ।

फैजु बिगत १२ बर्षभन्दा लामो समयदेखि गुणस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीतामा आयोजना गर्दै आएका छन् । प्रतियोगीताको डान्स कोरियोग्राफर संयुक्त स्थापित रहेका थिए ।

७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुले गरेका थिए, भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । विजेता सबैले उपाधिका साथमा विभिन्न गिफ्ट र अवसर उपहारका रुपमा प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप