शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बैंकहरुको कर्जा लगानी ४ अर्ब ३५ करोडले घट्यो, सबैभन्दा बढी घट्नेमा सवारी कर्जा

आइतबार, ३१ भदौ २०८०, १८ : ३०
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । आर्थिक वर्षको पहिलो महिना (साउन) मा बैंकहरुको कर्जा लगानी ४ अर्ब ३५ करोड रुपैयाँ (०.१ प्रतिशत) ले घटेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ अर्ब ३१ करोड (०.०५प्रतिशत) ले घटेको थियो । 

तथापि, वार्षिक बिन्दुगत आधारमा२०८० साउन मसान्तमा बैंक तथा वित्तीयसंस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ । 

२०८० साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश६४.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.७प्रतिशत र ३६.३ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्र तर्फm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.१ प्रतिशतले र विकास बैंकहरुको ०.२ प्रतिशतले घटेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.९ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

२०८० साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.१ प्रतिशत कर्जाको लागि घरजग्गा धितो सुरक्षण रहेको बैंकले जनाएको छ । 

२०७९ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.४प्रतिशत र ६६.६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ को पहिलोमहिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले,सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.७ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.३ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.४ प्रतिशतले, रियल स्टेटकर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.३ प्रतिशतले, नगद प्रवाह कर्जा ७.६ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ०.१ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ५.० प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा २८.९ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा १६.८ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप