आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

परिवार योजनाले आमा तथा बच्चाको स्वास्थ्यमा सुधार हुँदै

१० औँ राष्ट्रिय परिवार योजना दिवस सप्ताहव्यापी रूपमा मनाइँदै
सोमबार, ०१ असोज २०८०, १४ : ३२
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । आजदेखि १० औँ राष्ट्रिय परिवार योजना दिवस सप्ताहव्यापी रूपमा मनाइँदै छ । 

यस वर्ष पनि “परिवार योजना सेवाको लक्ष्य: आमा र बच्चाको स्वास्थ्य सुधार्न जुटौँ सबै पक्ष” भन्ने मूल नाराका साथ सप्ताहव्यापी रूपमा १० औँ राष्ट्रिय परिवार योजना दिवस देशभरि मनाइँदै छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सोमबार विज्ञप्ति जारी गर्दै परिवार योजना सेवाले आमा तथा बच्चाको स्वास्थ्य सुधारमा योगदान पुर्‍याएको उल्लेख गरेको छ । महाशाखाले यस सेवाको पहुँचमा पर्याउनका लगानी वृद्धि गर्न आवश्यक रहेको जनाएको छ । नेपालमा करिब ५३% मातृ मृत्युदरलाई कमी ल्याउन परिवार योजनाको योगदान रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय जनगणना २०७९ मा अनुसार प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु १५१ रहेको महाशाखाले उल्लेख गरेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार दम्पतीले दुई गर्भबीच कम्तीमा २ वर्षको अन्तर कायम गरेमा परिवार योजना सेवाले ३०% मातृ मृत्यु र १० % बाल मृत्यु घटाउँदछ ।

२० वर्ष उमेर नपुगी गर्भवती हुनबाट रोक्न, उपयुक्त जन्मान्तर कायम गर्न, अनिच्छित गर्भ रोकी महिलाको स्वास्थ्य र सशक्तीकरण गर्नका साथै जलवायुमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुर्‍याउने भएकाले परिवार योजनाको पहुँचको सुनिश्चितता आवश्यक रहेको परिवार कल्याण महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप