सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
तीन महिने अभियान

संघीय सांसदलाई उपत्यकामा जिम्मेवारी दिने माओवादी केन्द्रको निर्णय

सोमबार, ०१ असोज २०८०, १५ : ५३
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संघीय सांसदहरुलाई पार्टीको तीन महिने अभियानका क्रममा काठमाडौँ उपत्यकाको जिम्मेवारी दिने निर्णय गरेको छ ।

हालै बसेको माओवादी केन्द्रको कार्यालय बैठकले संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का सांसदहरुलाई संसद्को बैठक र विषयगत समितिका बैठकहरु प्रभावित नहुने गरी तीन महिने अभियानमा उपत्यकामा जिम्मेवारी दिने निर्णय गरेको हो । 

सोहीअनुसार उपत्यकाको संयुक्त कमाण्डले कार्यक्षेत्र मिलाउने गरी आवश्यक निर्देशन दिइएको एक नेताले जानकारी दिए । यस्तै माओवादीले प्रदेश इञ्चार्जहरुको सिफारिसमा विभिन्न निर्णय पनि गरेको छ । जसअनुसार बागमती प्रदेश इन्चार्जको सिफारिसमा केन्द्रीय सदस्य कमला दोङलाई भक्तपुर जिल्लामा कार्यक्षेत्र तोकिएको छ । 

यसैगरी लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य जगप्रसाद शर्मा, र नारायण प्रसाद अधिकारीलाई लुम्बिनी प्रदेशकै अनुगमन तथा स्कुल विभागको जिम्मेवारी तोकिएको छ ।

माओवादी केन्द्रको संघीय संसदमा ४५ जनाको प्रतिनिधित्व रहेको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप