संघीय सांसदलाई उपत्यकामा जिम्मेवारी दिने माओवादी केन्द्रको निर्णय
काठमाडौँ । नेकपा माओवादी केन्द्रले संघीय सांसदहरुलाई पार्टीको तीन महिने अभियानका क्रममा काठमाडौँ उपत्यकाको जिम्मेवारी दिने निर्णय गरेको छ ।
हालै बसेको माओवादी केन्द्रको कार्यालय बैठकले संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का सांसदहरुलाई संसद्को बैठक र विषयगत समितिका बैठकहरु प्रभावित नहुने गरी तीन महिने अभियानमा उपत्यकामा जिम्मेवारी दिने निर्णय गरेको हो ।
सोहीअनुसार उपत्यकाको संयुक्त कमाण्डले कार्यक्षेत्र मिलाउने गरी आवश्यक निर्देशन दिइएको एक नेताले जानकारी दिए । यस्तै माओवादीले प्रदेश इञ्चार्जहरुको सिफारिसमा विभिन्न निर्णय पनि गरेको छ । जसअनुसार बागमती प्रदेश इन्चार्जको सिफारिसमा केन्द्रीय सदस्य कमला दोङलाई भक्तपुर जिल्लामा कार्यक्षेत्र तोकिएको छ ।
यसैगरी लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य जगप्रसाद शर्मा, र नारायण प्रसाद अधिकारीलाई लुम्बिनी प्रदेशकै अनुगमन तथा स्कुल विभागको जिम्मेवारी तोकिएको छ ।
माओवादी केन्द्रको संघीय संसदमा ४५ जनाको प्रतिनिधित्व रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण