शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधि मण्डलबीच भेटवार्ता

सोमबार, ०१ असोज २०८०, १६ : ५३
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल भ्रमणमा रहेका चीनको युनान प्रान्तको सीपीसीका स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख महामहिम जेङ यान नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ ।  सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा दुईपक्षीय भेटवार्ता भएको हो । 

उक्त उक्त भेटमा उपराष्ट्रपतिले चिनियाँ टोलीको भ्रमण सुखद एवं फलदायी हुने विश्वास व्यक्त गर्दै भ्रमणको सफलताको शुभकामना समेत दिए । ‘यो भ्रमणले नेपाल र चीनबीच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्नेछ  सक्छ’ उनले भने, ‘नेपाल र चीन असर छिमेकी, घनिष्ट मित्र एवम् भरपर्दो विकास साझेदार रहिआएका छन् ।’ 

उपराष्ट्रपति यादवले नेपाल र चीनबीचको सम्बन्ध शान्तिपूर्ण, सहअस्तित्वका पाँच सिद्धान्त, मित्रता, आपसी सहयोग एवं साझेदारी र एकअर्काको आधारभूत स्वार्थ, चासो तथा संवेदनशीलताको जगमा बलियोसँग उभिएको बताए ।  ‘मेरो विचारमा उच्चस्तरका भेटघाट, सम्पर्क तथा भ्रमणहरु हाम्रो सम्बन्धलाई थप मजबुत तथा प्रगाढ बनाउन र जनस्तरसम्म पुर्याउन महत्वपूर्ण रहने भएकाले आगामी दिनमा दुवै देशबीच भ्रमण आदानप्रदानलाई महत्वका साथ प्राथमिकता दिनुपर्दछ’, उनले भने । 

उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताए । उनले गत अगस्टमा चीन भ्रमणका क्रममा युनान प्रान्तबाट पाएको अतिथि सत्कारको उच्च प्रशंसा गर्दै युनानको कुनमिंगमा ७ औं चाइना–साउथ एशिया एक्स्पोजिसन र २७ औ चाइना (कुनमिङ) इम्पोर्ट एण्ड एक्स्पोर्ट फेयर सफलतापूर्वक आयोजना गरेकोमा टोली समक्ष धन्यवाद व्यक्त गरे । 

‘नेपालको कुल बाह्य व्यापारमध्ये चीनसंगको हिस्सा करीब १४ प्रतिशत रहेकोमा यसलाई बृद्धि गर्न सकिने सम्भावनाहरु धेरै छन् ’ उनले भने, ‘द्विपक्षीय व्यापारलाई दिगो र व्यापक बनाउन चिनियाँ पक्षलाई तुलनात्मक लाभका विभिन्न उत्पादनहरुमा उत्पादक क्षमता बढाउनुका साथै तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरुको निकासी गर्न अनुरोध गर्दछु ।’

उपराष्ट्रपति यादवले सुमधुर द्विपक्षीय सम्बन्धका आयामहरुमध्ये जनस्तरको सम्बन्ध एउटा महत्वपूर्ण आयाम रहेकोले दुई देश बीचको सम्बन्ध जनस्तरमा अझै सुदृढ हुनेमा आफू विश्वस्त रहेको समेत बताए ।  चिनियाँ भ्रमण टोलीका नेतृत्व गरेकी जेङ यानले आफूहरुको यो भेटघाटबाट असाध्यै खुशी भएको जनाउँदै दुई देशीय सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउन आफ्नो स्तरबाट प्रयास गर्ने बताएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप