बुढो हुँदै जापानको जनसङ्ख्या : १० प्रतिशतभन्दा बढी ८० वर्षमाथि
टोकियो । जापानको १० प्रतिशतभन्दा बढी जनसङ्ख्या ८० वर्ष वा सोभन्दा बढी उमेरको रहेको सरकारले सोमबार जानकारी दिएको छ । प्रौढ जनसङ्ख्याको समस्या झेलिरहेको जापानको लागि यो अर्को चिन्ता थप्ने तथ्याङ्क हो ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार जापानको प्रौढ जनसङ्ख्या, जसलाई ६५ वर्षभन्दा माथि भनेर परिभाषित गरिएको छ, पनि कूल जनसङ्ख्याको २९.१ प्रतिशत पुगेको छ । यो दर विश्वमै सबैभन्दा उच्च हो ।
सार्वजनिक बिदा दिइने ‘रेस्पेक्ट फर एज्ड डे’ को अवसरमा मन्त्रालयले यो तथ्याङ्क सार्वजनिक गरेको बताइएको छ । घट्दो जन्मदर र काम गर्ने जनशक्तिको कमीको समस्या झेलिरहेको जापानले बढ्दो प्रौढ जनसङ्ख्याका कारण पेन्सन र स्वास्थ्यमा ठुलो रकम खर्चनु पर्ने देखिएको छ ।
सन् १९८० ताकाको आर्थिक विकासपछि जापानको जनसङ्ख्या निरन्तर रूपमा ओरालो लागिरहेको छ । त्यहाँको प्रजनन दर १.३ रहेको छ जबकि आप्रवासीको आवागमन नहुँदा स्थिर जनसङ्ख्या राख्न यो दर २.१ आवश्यक रहेको बताइन्छ ।
जापानमा नयाँ जन्मभन्दा मृत्यु हुनेको सङ्ख्या बढी हुन थालेको एक दशकभन्दा बढी भइसकेको छ । यसले विश्वको तेस्रो ठुलो अर्थतन्त्रको नेतृत्वलाई ठुलो समस्या खडा रहेको छ । –सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
-
सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पत्ति जोखिममा पर्यो : सिभिल सहकारी पीडित
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण