छानिए डीएसए स्टार
काठमाडौं । ‘मिनी डीएसए डान्सिङ स्टार’को उपाधि अर्पण पोखरेलले जितेकी छन् । राजधानीमा आयोजित ‘डीएसए स्टार २०२३’ सिजन–११ मा उनले उपाधि जित्दा तिम्बना अधिकारी ‘फष्ट रनरअप’ र अरियाना कुमाल ‘सेकेण्ड रनरअप’ भए ।
विभिन्न विधागत रूपमा विजेता छानिएको प्रतियोगितामा ‘जुनियर डीएसए डान्सिङ स्टार’तर्फ प्रितिका तिवारी विजेता, आरभ गुरुङ ‘फस्ट रनरअप’, कृतिमा तिमल्सिना ‘सेकेण्ड रनरअप’, बिम्बिसर आले ‘थर्ड रनरअप’, आयुष्मा थापा ‘फोर्थ रनरअप’, अनमोल गुरुङ ‘फिफ्थ रनरअप’ र नुमा लिम्बू ‘सिक्स्थ रनरअप’ भए ।
त्यस्तै ‘जुनियर डीएसए सिंगिङ स्टार’तर्फ सनिस्ता रेग्मी विजेता, मन्दीप शाह ‘फष्ट रनरअप’, सृष्टि कार्की ‘सेकेण्ड रनरअप’ र सोनिका थापा ‘थर्ड रनरअप’ घोषित भए ।
‘जुनियर डीएसए एक्टिङ स्टार’तर्फ पवनराज मुडवरी विजेता, विधान न्यौपाने ‘फष्ट रनरअप’, मञ्जितजंग पाण्डे ‘सेकेण्ड रनरअप’ बन्दा ‘प्रि–टिन डीएसए डान्सिङ स्टार’तर्फ तेजस्वी सुवेदी विजेता, रोस्मा वली ‘फष्ट रनरअप’, अलास्का थापा मगर ‘सेकेण्ड रनरअप’, दिव्या श्रेष्ठ ‘थर्ड रनरअप’, म्युजिका गुरुङ ‘फोर्थ रनरअप’, कल्पना बिके ‘फिफ्थ रनरअप’ र दिव्यांश सिंह साउद ‘सिक्स्थ रनरअप’ विजेता बने ।
यसैगरी ‘प्रि–टिन डीएसए सिंगगिङ स्टार’मा अरुनेक्स श्रेष्ठ विजेता, प्रिन्स साउद ‘फस्ट रनरअप’, युनिक थापा मगर ‘सेकेण्ड रनरअप’, सुवर्ण तिमल्सिना ‘थर्ड रनरअप’ र ‘प्रि–टिन डीएसए एक्टिङ स्टार’मा सिरिश सापकोटा विजेता, रुबी लामिछाने ‘फष्ट रनरअप’ र रेयान हुसेन ‘सेकेण्ड रनरअप’ भए ।
विजेतालाई २०२४ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सहभागी गराइने आयोजक परिवर्तन इभेन्ट हाउसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण