मदनकृष्णदेखि रेखा थापासम्मलाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार’ दिइने

काठमाडौँ । चलचित्र विकास बोर्डले ११ जना चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर बोर्डले मंगलबार एक कार्यक्रम गर्दै उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।
बोर्डले पुरस्कारको विषयमा एक विज्ञप्ति समेत जारी गरेको छ । जसमा ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्राप्त गर्नेमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, पत्रकार विजयरत्न तुलाधर, मिथिला शर्मा, दयाराम दाहाल, मुकुन्द किशोर भट्टराई, श्याम सापकोटा, रेखा थापा, दीपाश्री निरौला, मनोज पण्डित, मीनबहादुर भाम र चलचित्रकर्मी कल्याण कोष सञ्चालन समितिलाई दिने उल्लेख गरेको छ ।
‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ कार्यक्रम सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वितरण गर्ने कार्यक्रम छ । गत भदौ १२ गते बोर्डले राष्ट्रपति कार्यालयमा ३५ जना चलचित्रकर्मीलाई विशेष सम्मान प्रदान गरेको थियो । उक्त सम्मान आलोचना भएपछि सन्तुलन मिलाउन बोर्डले यो पुरस्कार वितरण गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित
-
राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म गायब भएपछि ‘प्रकाश’ टिम पुग्यो अदालत
-
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
-
इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति
-
रातोपाटी ब्रिफिङ : चर्किँदो शिक्षक आन्दोलनदेखि शेखर–गगन पक्षको ओरालो यात्रासम्म
-
अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद