मदनकृष्णदेखि रेखा थापासम्मलाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार’ दिइने
काठमाडौँ । चलचित्र विकास बोर्डले ११ जना चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर बोर्डले मंगलबार एक कार्यक्रम गर्दै उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।
बोर्डले पुरस्कारको विषयमा एक विज्ञप्ति समेत जारी गरेको छ । जसमा ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्राप्त गर्नेमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, पत्रकार विजयरत्न तुलाधर, मिथिला शर्मा, दयाराम दाहाल, मुकुन्द किशोर भट्टराई, श्याम सापकोटा, रेखा थापा, दीपाश्री निरौला, मनोज पण्डित, मीनबहादुर भाम र चलचित्रकर्मी कल्याण कोष सञ्चालन समितिलाई दिने उल्लेख गरेको छ ।
‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ कार्यक्रम सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वितरण गर्ने कार्यक्रम छ । गत भदौ १२ गते बोर्डले राष्ट्रपति कार्यालयमा ३५ जना चलचित्रकर्मीलाई विशेष सम्मान प्रदान गरेको थियो । उक्त सम्मान आलोचना भएपछि सन्तुलन मिलाउन बोर्डले यो पुरस्कार वितरण गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण