सम्बन्धविच्छेद गर्दै आरियाना
लस एन्जलिस । चर्चित अमेरिकी गायिका आरियाना ग्रान्डेले पति डाल्टन गोमेजसँग सम्बन्धविच्छेद गर्ने भएकी छन् । ग्रान्डेले सोमबार लस एन्जलिसमा सम्बन्धविच्छेदका लागि याचिका दायर गरेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जानकारी दिएको हो ।
उनले ‘सुल्झाउन नसक्ने मतभेद’ का कारण आफूले सम्बन्ध विच्छेद गर्न लागेको उल्लेख गरेकी छन् । यो मुद्दामा ग्रान्डेलाई उनको पारिवारिक वकिल लउरा वासेरले प्रतिनिधित्व गर्नेछिन् ।
ग्रान्डे र गोमेजबीच सन् २०२१ मा विवाह भएको थियो । परिवार र नजिकका साथीलाई पनि आमन्त्रण गरिएको उक्त समारोहमा करिब २० जना मात्र सहभागी भएका थिए । त्यसको दुई वर्षअघि ग्रान्डेले कमेडियन पिट डेभिडसनसँग इन्गेजमेन्ट गरेकी थिइन् ।
रियल स्टेट एजेन्ट रहेका गोमेज र ग्रान्डेले सन् २०२० मा रिलिज गरिएको गीत ‘स्टक विथ यू’ पछि आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए । गोमेजले उक्त भिडियोमा काम गरेका थिए । सोही वर्ष दुईजनाले इन्गेजमेन्ट गरेको घोषणा गरेका थिए ।
गत जुलाईमा ग्रान्डेलाई ‘वेडिङ ब्यान्ड’ बिना नै विम्बेल्डनमा देखिएपछि दुईबीच सम्बन्ध राम्रो नरहेको आँकलन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण