एसियाली खेलकुदमा सहभागी तीन जुडो खेलाडीको बिदाइ
काठमाडौँ । चीनको हाङ्झावमा आयोजना हुने १९औं एसियाली खेलकुद प्रतियोगितामा महेन्द्र रत्न क्याम्पसका तीनजना जुडो खेलाडीले सहभागिता जनाउँदै छन् । एसियाली खेलकुदमा सहभागिता जनाउने आफ्ना तीनजना खेलाडीलाई मंगलबार क्याम्पसले एक कार्यक्रमबीच बिदाइ गरेको छ ।
एसियाली खेलकुदमा सहभागी हुने तीनैजना जुडो खेलाडी महेन्द्र रत्न क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत छन् । क्याम्पसले आफ्ना विद्यार्थी खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको हो । क्याम्पस प्रमुख गेहेन्द्रप्रसाद दाहाल र स्वास्थ्य शारीरिक शिक्षा विषयका शिक्षक कोपिलकुमार थापालगायतले खेलाडीलाई बिदाइ गरे ।
एसियाली खेलकुदको जुडोमा पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ५२ केजीमुनि देवकीमाया श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । तीनैजना खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् ।
इन्द्र र देवकी सहोदर दाजुबहिनी हुन् । उनीहरुसहित आठजना जुडो खेलाडीले हाङझाव एसियाडमा प्रतिस्पर्धा गर्दैछन् । सोही अवसरमा पामका प्रशिक्षक सूर्यनारायण श्रेष्ठलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । पाममा ३१ जना आश्रित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण