‘ह्याप्पी डिभोर्स’ निर्माण घोषणा

काठमाडौँ । फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्माण हुने भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म घोषणा गरिएको हो ।
निर्माण युनिटले फिल्मको कथासार रहेको एक भिडियो सार्वजनिक गर्दै घोषणा गरेको हो ।
फिल्म अभिनेता विमलेश अधिकारीले निर्देशन गर्न लागेका हुन् । पछिल्लो समय अमेरिकामा बस्दै आएका अभिनेता अधिकारी यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्ममा विमलेश स्वयंको कन्सेप्ट र कथा रहनेछ ।
निर्देशक अधिकारी समेत मुख्य भूमिकामा देखिने फिल्म केकी अधिकारी र रीमा विश्वकर्माको पनि मुख्य भूमिका रहनेछ । सेभेन कलर्सको निर्माण रहने फिल्मले सम्बन्ध विच्क्षेदको कथामा विषयवस्तु बनाएको छ ।
२०२४ को जनवरीबाट फिल्मको छायांकन सुरु हुनेछ । विमलेश पछिल्लो समय २०७३ सालमा प्रदर्शनमा आएको फिल्म ‘जंगबहादुरको कोट’ अभिनय गरेका थिए । ‘तुलसी’, ‘मुटु’, ‘ब्रेकफेल’, ‘मेरो बेष्ट फ्रेन्ड’, ‘को हुँ म ?’ जस्ता फिल्म अभिनय गरेका बिमलेसले अभिनयमा सिकेको अनुभव फिल्म निर्देशनमा उतार्न लागेको बताए ।
कार्यक्रममा अभिनेत्री अधिकारीले समाजलाई डिभोर्स सहज बाटो हो भन्ने सन्देश फिल्मले दिने बताइन् ।
अभिनेत्री विश्वकर्माले फिल्मले डिभोर्स नै समस्याको समाधान नरहेपनि जीवनमा आइपर्ने अप्ठेरा पाटोलाई कुनै न कुनै रुपमा अगाडी बढ्न सिकाउने धारणा राखिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित
-
राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म गायब भएपछि ‘प्रकाश’ टिम पुग्यो अदालत
-
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
-
इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति
-
रातोपाटी ब्रिफिङ : चर्किँदो शिक्षक आन्दोलनदेखि शेखर–गगन पक्षको ओरालो यात्रासम्म
-
अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद