‘ह्याप्पी डिभोर्स’ निर्माण घोषणा
काठमाडौँ । फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्माण हुने भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म घोषणा गरिएको हो ।
निर्माण युनिटले फिल्मको कथासार रहेको एक भिडियो सार्वजनिक गर्दै घोषणा गरेको हो ।
फिल्म अभिनेता विमलेश अधिकारीले निर्देशन गर्न लागेका हुन् । पछिल्लो समय अमेरिकामा बस्दै आएका अभिनेता अधिकारी यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्ममा विमलेश स्वयंको कन्सेप्ट र कथा रहनेछ ।
निर्देशक अधिकारी समेत मुख्य भूमिकामा देखिने फिल्म केकी अधिकारी र रीमा विश्वकर्माको पनि मुख्य भूमिका रहनेछ । सेभेन कलर्सको निर्माण रहने फिल्मले सम्बन्ध विच्क्षेदको कथामा विषयवस्तु बनाएको छ ।
२०२४ को जनवरीबाट फिल्मको छायांकन सुरु हुनेछ । विमलेश पछिल्लो समय २०७३ सालमा प्रदर्शनमा आएको फिल्म ‘जंगबहादुरको कोट’ अभिनय गरेका थिए । ‘तुलसी’, ‘मुटु’, ‘ब्रेकफेल’, ‘मेरो बेष्ट फ्रेन्ड’, ‘को हुँ म ?’ जस्ता फिल्म अभिनय गरेका बिमलेसले अभिनयमा सिकेको अनुभव फिल्म निर्देशनमा उतार्न लागेको बताए ।
कार्यक्रममा अभिनेत्री अधिकारीले समाजलाई डिभोर्स सहज बाटो हो भन्ने सन्देश फिल्मले दिने बताइन् ।
अभिनेत्री विश्वकर्माले फिल्मले डिभोर्स नै समस्याको समाधान नरहेपनि जीवनमा आइपर्ने अप्ठेरा पाटोलाई कुनै न कुनै रुपमा अगाडी बढ्न सिकाउने धारणा राखिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण