मनास्लु हिमाल आरोहणमा सर्वाधिक आरोही

काठमाडौँ । यस वर्षको शरद ऋतुमा मनास्लु (आठ हजार १६३ मिटर) हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन् ।
पर्यटन विभागका अनुसार यो याममा मनास्लु आरोहणका लागि २६ आरोही समूहका ६५ महिलासहित कूल तीन सय एक आरोहीले आरोहण अनुमति लिएका हुन् । यो याममा मनास्लु हिमालसहित विभिन्न १० वटा हिमाल तथा चुली आरोहणका लागि ३५ आरोही समूहका कूल तीन सय ३९ आरोहीले आरोहण अनुमति लिएका हुन् ।
विभागका निर्देशक राकेश गुरुङले मनास्लु आरोहणमा उल्लेख्य सङ्ख्यामा आरोही आएको र भदौ ३१ गते आइतबारदेखि धमाधम आरोहण भइरहेको जानकारी दिए । निर्देशक गुरुङका अनुसार यो यामको पहिलो आरोहणका रुपमा कीर्तिमानी आरोही निर्मल पुर्जाको टिमले आइतबार मनास्लु आरोहण गरेको थियो । योसहित अन्य तीन टिमले मनास्लु आरोहण गरेका छन् । अहिले धेरै आरोही आरोहणका क्रममा छन् । विभागले हिमाल आरोहण अनुमति दिने कार्य पनि जारी राखेको छ ।
मनास्लु हिमाल विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् ।
सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको दुई दिन अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको रेकर्ड छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित
-
राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म गायब भएपछि ‘प्रकाश’ टिम पुग्यो अदालत
-
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
-
इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति
-
रातोपाटी ब्रिफिङ : चर्किँदो शिक्षक आन्दोलनदेखि शेखर–गगन पक्षको ओरालो यात्रासम्म
-
अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद