मण्डनदेउपुर नगरपालिकाले दियो थकाई बिदा
बुधबार, ०३ असोज २०८०, २० : ४२
काठमाडौँ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले थकाई बिदा दिएको छ ।
बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले नगरभित्रका सबै सरकारी कार्यालय तथा विद्यालयमा बिहीबार थकाई बिदा दिएको हो ।
संविधान दिवसका अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको हर्षोल्लासको उपलक्ष्यमा तथा सोको व्यवस्थापन गर्दा कर्मचारी तथा जनप्रतिनिधि थकित भएकाले बिहीबार बिदा दिएको नगरपालिकाले जनाएकाे छ ।
नगरपालिकाले बिहीबार नगरपालिकाको कार्यालय, नगर अन्तरगतका कार्यालयहरू, विद्यालयलगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई बिदा गरिएको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
-
नेकपाले भन्यो– सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश बन्दैन
-
बजेट विवाद चर्किएपछि मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त
-
कांग्रेसले संसद्मा भन्यो– सरकारका कारण युवाहरूको आशा निराशामा परिणत भयो
-
निर्माण व्यवसायी महासंघले माग्यो ठेक्का तोडिएका आयोजनाको विवरण
-
सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न : भारतले मागे के दिनुहुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण