इरानमा हिजाब सम्बन्धी विवादास्पद विधेयक पारित, नलगाउने महिलालाई १० वर्ष जेल सजायको प्रावधान
इरानको संसद्ले ड्रेस कोडको उल्लङ्घन गर्ने युवती र महिलालाई अधिकतम १० वर्षको जेल सजाय दिने विवादास्पद विधेयक पारित गरेको छ ।
यो विधेयक संरक्षक परिषद्बाट स्वीकृत भएपछि मात्र कानुन बन्नेछ । गत वर्ष २२ वर्षीय महसा अमिनीको मृत्युपछि इरानमा राष्ट्रव्यापी विरोध प्रदर्शन सुरु भएको थियो ।
महसालाई हिजाब लगाउने नियम उल्लङ्घन गरेको आरोपमा हिरासतमा राखिएको थियो, त्यही क्रममा उनको मृत्यु भएको थियो ।
उक्त विरोध प्रदर्शनका क्रममा महिलाले हेडस्कार्फ जलाएका थिए र त्यसलाई हावामा लहराएका थिए ।
यस्तै, देशमा हिजाब नलगाउने महिला र युवतीको सङ्ख्यामा व्यापक वृद्धि भइरहेको छ । हालको समयमा यदि महिला वा युवतीले ड्रेस कोडका पालन गर्दैनन् भने उनीहरूलाई १० दिनदेखि दुई महिनासम्मको जेल सजाय हुनसक्छ ।
बुधवार सांसदले ‘हिजाब र चेस्टिटी बिल’ विधेयक पारित पारेको छ । यदि यो बिल कानुन बन्यो भने यसको उल्लङ्घन गर्ने युवती र महिलालाई पाँचदेखि १० वर्षसम्मको जेल सजाय हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण