१७ वर्षको उमेरमा गरिन् डेब्यु, १९ मा बनिन् सुपरस्टार : २४ पुग्दा नपुग्दै किन छोडिन् अभिनय ?
पूजा भट्ट एक जमानाकी निकै चर्चित अभिनेत्री थिइन् । उनको जन्म फिल्मी परिवारमा भएको थियो । पूजाले १७ वर्षको उमेरमा नै अभिनयमा डेब्यु गरेकी थिइन् । १९ वर्षको हुँदासम्म उनी फिल्म उद्योगकी ठुलो स्टार बनिसकेकी थिइन् । तर २४ औँ वसन्तमा प्रवेश गरेपछि भने उनले अभिनयबाट टाढै बस्ने निर्णय गरिन् ।
पूजा भट्ट पछिल्लो समय बिग बसको ओटीटी सिजन २ मा प्रतिस्पर्धीको रूपमा सहभागी भएपछि पुनः चर्चामा आएकी छिन् । यति बेला पूजासँग जोडिएका विवाद पनि पुनः चर्चामा आए ।
कार्यक्रमबाट बाहिरिएपछि पूजाले सिद्धार्थ कननसँगको कुराकानीमा अभिनय छोड्ने निर्णयबारे खुलेर कुरा गरिन् ।
स्मरण रहोस्, पूजाले आफ्ना बुवा महेश भट्टको फिल्म ‘ड्याडी’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यो फिल्म बक्स अफिसमा हिट भयो । ड्याडीपछि पूजाले ‘दिल हे कि मानता नहीं’ र ‘सडक’ मा अभिनय गरिन् । ती फिल्म पनि सुपर हिट रहे ।
१९ वर्ष हुञ्जेल पूजा भट्ट सुपरस्टार बनिसकेकी थिइन् । तर २४ वर्षको उमेरमा नै उनले अभिनय छोड्ने निर्णय गरिन् । तर उनी फिल्मी उद्योगबाट भने टाढा रहन सकिनन् । अभिनय छोडे पनि उनले २५ वर्षमा आफ्नै प्रोडक्सन हाउस सुरु गरिन् ।
उनले उक्त अन्तरवार्तामा २५ वर्षको उमेरमा अभिनय छोडेर निर्देशक बन्ने निर्णय गरेको बताइन् । उनले भनिन्, ‘२५ वर्षको उमेरमा मैले आफ्नै प्रोडक्सन हाउस सुरु गरेँ र ‘तमन्ना’ बनाएँ । यसका लागि मैले आफ्नो पहिलो नेशनल अवार्ड पाएँ । यसले मलाई आत्म सन्तुष्टि दिलायो । त्यसपछि मैले काजोलसँग ‘दुस्मन’ र त्यसपछि ‘जख्म’ जस्ता फिल्म बनाएँ, जसलाई असाध्यै रुचाइयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
-
विधिको कुरा गर्नेबाटै उल्लंघन, धरानको बेरुजु ४५ करोड नाघ्यो
-
रास्वपाको दुई प्रतिवेदनमा पार्टी सदस्यता संख्या फरक-फरक : महामन्त्री र कोषाध्यक्षको तथ्याङ्कमा १ लाख ३२ हजारको अन्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण