सुशासनको अभियानलाई सफल नबनाए राजनीतिक प्रणालीमाथि नै खतरा छ: गृहमन्त्री
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचारविरोधी र सुशासनको अभियानलाई सफल नबनाए राजनीतिक प्रणालीमाथि नै खतरा पैदा हुने बताएका छन् ।
बिहीबार नेपाल बुद्धिजीवी सङ्गठनले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले संविधान र कानुनअनुसार निष्पक्ष ढङ्गले दृढतापूर्वक अहिलेको अभियानलाई अघि बढाउने बताए ।
श्रेष्ठले देशमा पारदर्शीताको अभियान, जबाफदेहिताको अभियान, कानुनको शासनको अभियान प्रत्याभूत गर्नुपर्ने बताए । उनले राजनीतिक प्रणालीमाथि खतरा पैदा हुनेकुराले राष्ट्रियतामाथि गम्भीर खतरा उत्पन्न हुने बताए । गृहमन्त्री श्रेष्ठले देश बनाउन सकिन्छ की सकिँदैन भन्ने नभई बनाएर नै छोड्ने प्रतिबद्धता बताए ।
उनले भने, ‘सरकारले निष्पक्ष ढङ्गले, को सरकारमा, को प्रतिपक्षमा छ भन्ने आधारले होइन, कसले आफूलाई समर्थन गर्छ भन्ने आधारमा होइन, सरकारले संविधान र कानुनअनुसार निष्पक्ष ढङ्गले दृढतापूर्वक अहिलेको अभियानलाई अघि बढाउनुपर्छ । हामीले अहिले समाजमा पनि एक प्रकारको अभियान छेड्नुपर्छ, त्यसको लागि हामीले मेहनत गर्नुपर्छ । भ्रष्टाचारबिरोधी, सुशासनको अभियान, सुशासनसँग जोडिएका अरु सेवा प्रवाहको अभियान, सिस्टम फंग्शन गर्ने, पारदर्शीताको अभियान, जबाफदेहिताको अभियान, कानुनको शासनको अभियान हामी प्रत्याभूत गर्न सक्छौँ ।’
गृहमन्त्री श्रेष्ठले देश सङ्कटपूर्ण अवस्थामा रहेको भन्दै देशलाई बचाउनका लागि सबै सङ्गठित भएर सुशासन स्थापित गर्न र उपलब्धि रक्षा गर्न लाग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण