राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म गायब भएपछि ‘प्रकाश’ टिम पुग्यो अदालत
काठमाडौँ । भदौ १२ गते राष्ट्रपति कार्यालयमा वितरण भएको राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म घोषणा नभएको विषयमा विभिन्न क्षेत्रबाट आलोचना समेत भयो । अहिले भने यो बिषयमा अदालतमा रिट निवेदन परेको छ ।
फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको ठाउँ जुम्लाका स्थानीय मीनराज आचार्यले चलचित्र विकास बोर्डलाई विपक्षी बनाइ बिहीबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका हुन् ।रिटमा उत्कृष्ट फिल्मको विधामा अवार्ड वितरण नगर्नुको कारण र जुरी कमिटीको निर्णयको सक्कल प्रति सार्वजनिक गर्नु पर्ने माग गरिएको छ ।
फिल्म अवार्डमा उत्कृष्ट फिल्मको विधा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । तर, राष्ट्रिय अवार्डमा पहिलोपटक यही विधा गायब भयो । राष्ट्रिय अवार्डको जुरी टिमले ‘प्रकाश’को नाम उत्कृष्ट फिल्ममा सिफारिस गरेको तर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डले सरकारमा रहेको पार्टी (माओवादी केन्द्र) लाई नकारात्मक रुपमा चित्रित गरेको फिल्मलाई अवार्ड दिन नमिल्ने भन्दै उत्कृष्ट फिल्मको विधा नै गायब बनाइएको चर्चा छ ।
यस विषयमा बोर्डले अहिलेसम्म आधिकारिक धारणा राखेको छैन । प्रमुख विधामा नै अवार्ड वितरण नहुने भएपछि जुरी संयोजक राजेन्द्र सलभ कार्यक्रममा सहभागी भएनन् ।
‘राष्ट्रिय चलचित्र पुरस्कार’मा ‘प्रकाश’ले उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्री विधामा भने अवार्ड जितेको थियो । जुरी टिमले उत्कृष्ट फिल्ममा ‘प्रकाश’को नाम सिफारिस गरेर पनि अवार्ड वितरण नभएपछि अभिनेता प्रदीप खड्काले सञ्चारमन्त्री रेखा शर्मासँग भेट गरेका थिए । उक्त भेटमा मन्त्री शर्माले खड्कालाई अवार्ड वितरणमा मन्त्रालयले कुनै पनि हस्तक्षेप नगरेको स्पष्ट पारेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण