चीनले अरुणाञ्चल प्रदेशका खेलाडीलाई भिसा दिएन ! भारत रुष्ट
काठमाडौँ । आफ्ना केही खेलाडी र खेल पदाधिकारीलाई चीनले प्रवेशाज्ञाँ र एक्रिडिएसन कार्ड नदिएपछि भारतका खेलकुदमन्त्री अनुराग ठाकुर १९औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन चीन नजाने भएका छन् ।
चीनले भारतको अरुणाञ्चल प्रदेशका केही खेलाडी र खेल पदाधिकारीलाई प्रवेशाज्ञाँ तथा १९औँ एसियाली खेलकुदको एक्रिडिएसन कार्ड दिन अस्वीकार गरेको समाचारमा जनाइएको छ । त्यसैले खेलकुदमन्त्रीले चीन नजाने निणर्य लिएको भारतको आन्तरिक मामिला सम्बन्धि मन्त्रालयले जनाएको छ ।
‘चीनले अरुणाञ्चल प्रदेशका हाम्रा केही खेल पदाधिकारीलाई नराम्रो ब्यवहार गरेको जानकारीमा आएको छ । उनीहरुलाई प्रवेशाज्ञाँ र एक्रिडिएसन कार्ड पनि उपलब्ध गराइएन । हामीले यसलाई विभेदको रुपमा बुझेका छौं,’ आन्तरिक मामिला सम्बन्धि मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले भनेका छन् ।
१९औँ एसियाली खेलकुदको उद्घाटन समारोह शनिबार चीनको हाङ्झाउमा हुँदैछ । चीनले अरुणाञ्चल प्रदेशका तीनजना उसु खेलाडीलाई पनि प्रवेशाज्ञाँ र एक्रिडिएसन कार्ड उपलब्ध नगराएको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण