बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

करेन्ट लागेर तनहुँमा एक पुरुषको मृत्यु

शनिबार, ०६ असोज २०८०, १२ : ५३
शनिबार, ०६ असोज २०८०

तनहुँ । तनहुँको तनहुँ ब्यास नगरपालिकामा करेन्ट लागेर एक पुरुषको शुक्रबार मृत्यु भएको छ । 

नगरपालिकाको वडा नं. ११ मुलपानी बस्ने ५२ वर्षीय वीरबहादुर तामाङ आफ्नै घरको बिजुलीको तार मिलाउने क्रममा करेन्ट लागी घाइते भएका थिए । 

उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल दमौली तनहुँमा ल्याएकोमा उपचारको क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप