करेन्ट लागेर तनहुँमा एक पुरुषको मृत्यु
शनिबार, ०६ असोज २०८०, १२ : ५३
तनहुँ । तनहुँको तनहुँ ब्यास नगरपालिकामा करेन्ट लागेर एक पुरुषको शुक्रबार मृत्यु भएको छ ।
नगरपालिकाको वडा नं. ११ मुलपानी बस्ने ५२ वर्षीय वीरबहादुर तामाङ आफ्नै घरको बिजुलीको तार मिलाउने क्रममा करेन्ट लागी घाइते भएका थिए ।
उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल दमौली तनहुँमा ल्याएकोमा उपचारको क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण