सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका-९ अन्दुपट्टीमा अन्दुपट्टीबाट जनकपुरतर्फ जाँदै गरेको ज.१ क ३०० नम्बरको गोदावरी ईङ्लिस बोर्डिङ स्कुलको बसबाट लडेर बसका सह-चालक जनकपुर उपमहानगरपालिका-१४ बस्ने १७ वर्षीय अमित कुमार यादवको शुक्रबार दिउँसो मृत्यु भएको छ । बसबाट लडेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यता लमजुङको बेशीशहर नगरपालिका-३ धुवाँखोलामा गाउँशहरबाट बेशीशहरतर्फ जाँदै गरेको ग.१ ज ७१०१ नम्बरको जिपको ढालाबाट लडेर बेशीशहर नगरपालिका-३ गाउँशहर बस्ने चित्र बहादुर बिकको छोरा ६ वर्षीय उज्वल बिकको शुक्रबार दिउँसो मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको लमजुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसै गरी नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका-३ फेनहरामा युपि ५६ जे ८८४५ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ६३ वर्षीय पारम यादवको शुक्रबार राति मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
-
दक्षिण एसियाका विज्ञहरूले चीनका बारेमा के भने ?
-
कर्णालीका अर्थमन्त्रीः आफै अध्यक्ष रहेको ऐथलेटिक्स संघ आयोजक, खर्च सबै सरकारले बेहोर्ने
-
कृषि तथा जलस्रोतका नवप्रवर्तनलाई विस्तार गर्न क्षमता विकास कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण