एसियाली खेलकुद : पहिलो खेलमै पराजित भए टेनिस खेलाडी माहिका र अभिलाषा
काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालका टेनिस खेलाडी माहिका राणा र अभिलाषा बिष्ट पराजित भएका छन् । महिला एकलतर्फको शुक्रबार भएको खेलमा माहिकालाई दक्षिण कोरियाकी सोह्युन पार्कले हराएकी हुन् ।
दक्षिण कोरियाली प्रतिद्वन्द्वीविरुद्घको खेलमा माहिकाले एक अंकमात्र जोड्न सकिन् । पहिलो सेटको खेलमा कोरियाली खेलाडी पार्क ६—० ले विजयी भइन् । उनले दोस्रो सेटको नतिजालाई भने ६—१ ले आफ्नो पक्षमा पारेकी थिइन् ।
महिला एकलतर्फकै अर्को खेलमा नेपालकी अभिलाषालाई थाइल्यान्डकी मनानचाया सामनकावेले हराएकी हुन् । उक्त खेलमा अभिलाषाले एक अंक पनि बटुल्न सकिनन् । थाल्यान्डकी खेलाडीले ६—०, ६—० ले नतिजालाई आफ्नो पक्षमा पारेकी थिइन् ।
यसैगरी पुरुष डबल्सतर्फ पनि नेपाली खेलाडी पहिलो चरणमै पराजित भएका छन् । पुरुष डबल्सतर्फ भारतले नेपाललाई ६—२, ६—३ अंकले हराएको हो । पुरुष डबल्सतर्फ नेपालका अभिषेक बास्तोला र प्रदिप खड्काले प्रतिस्पर्धा गरेका थिए । भारतको तर्फबाट सकेथ साई माइनेनी र रामकुमार रामानाथनले प्रतिस्पर्धा गरेका थिए ।
यसअघि टेनिसको पुरुष एकलतर्फ नेपाली खेलाडी प्रदिप खड्का दोस्रो चरणमा प्रवेश गरेका थिए । उनले पहिलो चरणको खेलमा टिमोर लिस्टेका एन्टोनियो मेन्डिसलाई हराएका हुन् । प्रदिपले पहिलो सेटको खेलमा एन्टोनियोलाई ६—० अंकले हराएका थिए । दोस्रो सेटको खेलमा पनि प्रदिप ६—० ले नै विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण