मेलिना र चुडामणिको स्वर रहेको नयाँ गीत सार्वजनिक
काठमाडौँ । पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र गायक चुडामणि मगरको स्वर रहेको गीत ‘मुखले ठिक्क बनाउने’ सार्वजनिक भएको छ । भद्र नकलको शब्द तथा संगीत गीतमा रहेको छ ।
सन् २०१४ देखि गायनमा सक्रिय रहँदै आएका गायक चुडामणिले यसअघि पनि चर्चित कलाकारसँग सहकार्य गरेका छन् । यसै क्रममा उनले यो गीत पनि मेलिनासँग गाएका हुन् ।
गीतको भिडियोमा अहिलेकी व्यस्त मोडल अञ्जली अधिकारी र टम्पशेर राईको अभिनय छ । पूर्वेली लोकलयमा रहेको यस गीतको भिडियोमा अञ्जली र टम्पशेर राईको जोडी सुहाउँदो छ ।
भिडियोलाई तारावीर पाण्डेको निर्देशन गरेका हुन् । भिडियोमा मुकेश हुमागाईँको छायाँकन र सञ्जिला सुमित्राको कोरियोग्राफी तथा विकास धमलाको सम्पादन छ ।
उदयपुर त्रियुगानगरपालिका साउनेका गायक चुडामणि मगरले यसअघि ‘उदायो बिहानी’, ‘कान्छीको जवानी’, ‘वीर गोखौली’ जस्ता चर्चित गीत दिइसकेका छन् । ल्याइसकेका छन् । चुडामणिले ‘भूल’ नामक एल्बम निकालेर सांगीतिक यात्रा सुरु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण