आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मेलिना र चुडामणिको स्वर रहेको नयाँ गीत सार्वजनिक

आइतबार, ०७ असोज २०८०, १५ : १७
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र गायक चुडामणि मगरको स्वर रहेको गीत ‘मुखले ठिक्क बनाउने’ सार्वजनिक भएको छ । भद्र नकलको शब्द तथा संगीत गीतमा रहेको छ । 

सन् २०१४ देखि गायनमा सक्रिय रहँदै आएका गायक चुडामणिले यसअघि पनि चर्चित कलाकारसँग सहकार्य गरेका छन् । यसै क्रममा उनले यो गीत पनि मेलिनासँग गाएका हुन् । 

गीतको भिडियोमा अहिलेकी व्यस्त मोडल अञ्जली अधिकारी र टम्पशेर राईको अभिनय छ । पूर्वेली लोकलयमा रहेको यस गीतको भिडियोमा अञ्जली र टम्पशेर राईको जोडी सुहाउँदो छ । 

भिडियोलाई तारावीर पाण्डेको निर्देशन गरेका हुन्  । भिडियोमा मुकेश हुमागाईँको छायाँकन र सञ्जिला सुमित्राको कोरियोग्राफी तथा विकास धमलाको सम्पादन छ ।

उदयपुर त्रियुगानगरपालिका साउनेका गायक चुडामणि मगरले यसअघि ‘उदायो बिहानी’, ‘कान्छीको जवानी’, ‘वीर गोखौली’ जस्ता चर्चित गीत दिइसकेका छन् । ल्याइसकेका छन् । चुडामणिले ‘भूल’ नामक एल्बम निकालेर सांगीतिक यात्रा सुरु गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप