दुई महिनामा आमाबुवा दुवै गुमाएपछि कीकू बने भावुक
मुम्बई । कमेडियन कीकू शारदाले दुई महिनाको अन्तरालमा आफ्नो आमाबुवा दुवै गुमाएका छन् । आइतबार कीकूले इन्सटाग्राममा आमाबुवाको तस्बिर सेयर गर्दै भावुक सन्देश साझा गरेका छन् ।
कीकूले भनेका छन्, ‘पछिल्लो दुई महिनामा मैले आफ्नो आमा र बुवा दुवैलाई गुमाएँ । आमा तपाईंको धेरै सम्झना आउँछ । तपाईँ बिनाको जिन्दगी मैले सोचेकै थिइनँ । अब मेरो टिभी शोबारे मलाई कसले प्रतिक्रिया दिन्छ ? मलाई कसले भन्छ कि म कहाँ गलत गर्दैछु र कहाँ सही ? मेरो हरेक सफलतामा को खुसी हुन्छ ? मेरो खराब समयमा को दुखी हुन्छ ?’
कीकू अगाडि लेख्छन्, ‘कौन बनेगा करोडपतिको एपिसोड हेरेर कसले भन्नेछ कि अमिताभ बच्चनले आज के रमाइलो गरे ? मलाई अझै धेरै कुरा सुन्नु थियो । तपाईंसँग धेरै कुरा भन्नु थियो, धेरै कुरा सोध्नु थियो, अब यो कसलाई सोधूँ ?’
पिताबारे उनी लेख्छन्, ‘बुवा तपाईँलाई सधैँ यति बलियो देखेँ । तपाईँमा यति धेरै आत्मविश्वास देखेँ । मैले तपाईँलाई जीवनमा रमाइलो गरिरहेको देखेँ । तपाईंले आफ्नो सन्तान र नाति–नातिनीका लागि धेरै कुरा सोच्नु भएको थियो । परिवारलाई सधैँ महत्त्व दिनुभयो । मैले कसैलाई पनि तपाईंजस्तो सकारात्मक देखिनँ । जीवनको सबैभन्दा खराब समयमा पनि तपाईंले जहिले राम्रो पक्ष हेर्नुभयो । तपाईंसँग धेरै कुरा सिकेँ र धेरै कुरा सिक्न बाँकी थियो ।’
उनले अन्तिममा लेखेका छन्, ‘तपाईंहरु दुवै जनाले हतार गर्नुभयो । केही समय रोकिनुभएको भए हुन्थ्यो, केही कुरा अझै बाँकी थियो । तपाईँ दुवैको धेरै याद आउँछ, आमाबुवा ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण