एनआरएनए आईसीसी सचिवमा मनोज गोर्खालीको उम्मेदवारी
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा मनोज कुमार श्रेष्ठ (गोर्खाली)ले उम्मेदवारी घोषणा गरेका छन्।
दुबईका सफल व्यवसायी श्रेष्ठले ४ मुख्य एजेन्डा लिएर आईसीसी सचिवका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
हाल मध्यपूर्व क्षेत्रको संयोजक रहेका उनले मध्यपूर्वको नेतृत्व गर्दै गर्दा पाएको अवसर र विश्व यात्राले विश्वभर रहेका नेपालीहरूलाई एकताको सूत्रमा बाँधेर सबैको सर्वाङ्गीण हितका लागि लागिपर्न प्रेरित गरेको बताए । वैदेशिक रोजगारीका लागि युरोप, अफ्रिका, अमेरिका, अस्ट्रेलियामा रहेका नेपालीहरूको व्यथासमेत मध्यपूर्वमा कार्यरत नेपालीहरूको व्यथा भन्दा फरक नरहेको श्रेष्ठले बताए।
विश्वभर रहेका लाखौं नेपालीहरूको मुद्दामा नेपाल सरकारलाई जिम्मेवार बनाउन आफ्नो उम्मेदवारीले महत्त्व राख्ने श्रेष्ठको भनाइ छ। विश्वभरका एनआरएनए अभियानकर्मीहरूको माया र नेपाली समुदायको साथका कारण यस पटक आफूले अपेक्षित नतिजा प्राप्त गर्ने कुरामा आफू ढुक्क रहेको श्रेष्ठले बताए ।
सन् २००७ देखि निरन्तर एनआरएनए अभियानमा सक्रिय उनी एनसीसी युएईको उपाध्यक्ष, आईसीसी सदस्य, मध्यपूर्व उपसंयोजक हुँदै हाल मध्यपूर्व संयोजक रहेका हुन्।
श्रेष्ठले मध्यपुर्वमा रहेका नेपाली श्रमिकहरूको हकहितका लागि आईसीसीमा निरन्तर आवाज उठाउँदै आएका छन् भने कैयौंपटक सरकारको ध्यानाकर्षण समेत गराएका छन्। प्रचारमुखी नभई कर्ममुखी बन्नुपर्छ भन्ने सिद्धान्तबाट आफू प्रेरित भएको श्रेष्ठ बताउँछन्। आफूले अहिलेसम्म एनआरएनएमा रहेर गरेका सामाजिक कार्य र योगदानहरूको सबैले मूल्यांकन गरेका कारण यस पटक सचिवमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटककाे आर्कषण केन्द्र बन्दै ऐना पहरा
-
तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै
-
‘चमेलीको पोइ’ १६ असोजमा
-
प्रधानमन्त्रीले माफी माग्नुपर्छ वा संसद्ले सीमा मिचेको स्वीकार गर्नुपर्छ : खुश्बु ओली
-
५० अर्ब १ करोडको विद्युत् बक्यौता, कुन उद्योग र स्थानीय तहले कति तिर्न बाँकी ? (सूचीसहित)
-
नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण