बालेनको दाबी : अभियन्ताहरू संवादमा बोलाउँदा आएनन्
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यालय अगाडि प्रदर्शन गरिरहेका अभियन्ताहरूलाई आफूले संवादका लागि बोलाए पनि नआएको दाबी गरेका छन् ।
आफूलाई ‘ईः’ भनेर चिनाउन अभियन्ता इशान श्रेष्ठको अगुवाइमा राष्ट्रिय सभा गृहअगाडि गत मंगलबारदेखि आन्दोलन सुरु भएको हो । चुनावको समयमा बालेनले प्रतिज्ञा गरे अनुसार सडक विक्रेताहरूका लागि वैकल्पिक व्यवस्था नगरी धरपकडको नीति लिएको भन्दै उनले उभिएर विरोध गर्दै आइरहेका छन् ।
यति लामो समय विरोध प्रदर्शन गर्दा पनि मेयर बालेनले आफूहरूको आवाज नसुनेको अभियन्ताहरूले गुनासो गर्दै आएका छन् । तर, मेयर बालेन भने आफू संवादका लागि तयार भए पनि आन्दोलन राजनीतिक स्वार्थसँग जोडिएका कारण अभियन्ताहरू नै संवादमा नआएको बताएका छन् ।
मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन् , ‘विगत केही दिन देखि केही अभियन्ताहरू आन्दोलनमा हुनु हुन्थ्यो , उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफै गएर वार्ता गरौँ यहाँहरुको कुरा र समस्या सुनौँ भन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नुभएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ , सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभामा भाडा समायोजनदेखि सीमा समस्यासम्मका विषयमा सरकारको ध्यानाकर्षण
-
‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा
-
कर्णालीमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्यको खोजीकार्य जारी
-
प्रधानमन्त्रीको अभिव्यक्ति छिमेकी मुलुकलाई खुसी पार्ने खालको छ : विश्वकर्मा
-
साझा बसको रङ फेरेर साउन १ देखि चल्दैछन् ‘ब्लु बस’, कुन रुटमा कतिवटा ?
-
जापानमा रनिङ कप फुटबल सम्पन्न, ओइजुमी एफसीले जित्यो उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण