आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
बालेनको कार्यालय अगाडि फरक आन्दोलन : निरन्तर उभिइरहेका छन् अभियन्ता ईः (तस्बिरहरु)
७७ घण्टे आन्दोलन

बालेनको कार्यालय अगाडि फरक आन्दोलन : निरन्तर उभिइरहेका छन् अभियन्ता ईः (तस्बिरहरु)

बुधबार, ०३ असोज २०८०

काठमाडौँ ।  राष्ट्रिय सभागृह अगाडि केही युवाहरू प्लेकार्डसहित उभिइरहेको भेटिन्छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कार्यालय अगाडि उनीहरू त्यसै उभिएका होइनन्, यो उनीहरूको आन्दोलनको एक रूप हो । 

 आफूलाई ‘ईः’ नामले चिनाउने अभियन्ता इशान श्रेष्ठको अगुवाइमा राष्ट्रियसभा गृहअगाडि आन्दोलन भइरहेको हो । मंगलबारदेखि सुरु भएको आन्दोलनको दौरानमा ईः ले ७७ घण्टासम्म उभिएर विरोध प्रदर्शन गर्ने बताइएको छ । उनको आन्दोलनलाई अरू युवाले पनि सघाइरहेका छन् । 

मंगलबार दिउँसो १ बजेदेखि  राष्ट्रिय सभा गृहअगाडि उभिएका ईःले यो आन्दोलन शुक्रबार ६ बजेसम्म जारी रहने बताएका छन् । चुनावको समयमा बालेनले प्रतिज्ञा गरे अनुसार सडक विक्रेताहरूका लागि वैकल्पिक व्यवस्था नगरी धरपकडको नीति लिएको भन्दै यस्तो आन्दोलन गर्नुपरेको उनको भनाइ छ । 

फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग ईःले राख्दै आएका छन् । सोहीअनुसार उनीलगायतको अगुवाइमा यसअघि ‘गरिबको चमेली बोल्दिने कोही छैन’ ब्यानरमा महानगरपालिकाविरुद्ध प्रदर्शन गर्दै आएका थिए । 

अहिले जारी आन्दोलनमा युवाहरुले ‘हिजो गरिबको गीत गाउने मान्छे आज किन बन्थे भयौ ?’, ‘हाम्रो चिनारी क्रुरता कि करुणा’ लगायतका प्लेकार्ड बोकेर उभिएका छन् । यस्तै ईःले छातीमा ‘रिच अर पुअरडिग्निटी एण्ड लिबाबिलिटी फर अल’ लेखिएको टेम्पलेट टाँसेर उभिने गरेका छन् । 

तस्बिरहरु : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया