एसियाली खेलकुद : साइक्लिङमा नेपाली खेलाडी सुरज र उषाले निर्धारित दूरी पूरा गर्न सकेनन्
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुदको साइक्लिङमा नेपालका सुरज रानामगर र उषा खनालले सोमबार निर्धारित दूरी पनि पूरा गर्न सकेनन् । नेपालका दुवै खेलाडीले माउन्टेन बाइक क्रसकन्ट्री स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
उक्त नतिजासँगै एसियाली खेलकुदको साइक्लिङमा नेपालको चुनौती पनि समाप्ता भएको छ । नेपाली टोली मंगलबार स्वदेश फर्कने भएको छ । पुरुषतर्फको २५.५ किलोमिटर दूरी तय गर्ने क्रममा सुरज दोश्रो ल्यापमा घाइते भएको प्रशिक्षक देवेन्द्र बस्नेतले जनाए ।
पाँच ल्यापको प्रतिस्पर्धामा सुरजसँगै फिलिपिन्सका दुई तथा दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) का एक–एक खेलाडीले पनि निर्धारित दूरा पार गर्न सकेनन् । उक्त स्पर्धामा चीनका खेलाडीले स्वणर् र रजत पदक जिते । जापानका खेलाडीले कांस्य पदकमा चित्त बुझाए ।
यसैगरी महिलातर्फको २०.५६ किलोमिटर दूरीको स्पर्धामा प्रतिस्पर्धा गर्दा उषालाई ‘हाइपर थर्मिया’ भएको प्रशिक्षक बस्नेतले जनाए । चार ल्यापको प्रतिस्पर्धामा जापानकी अकारी कोबायासीले पनि दूरी तय गर्न सकिनन् ।
उक्त स्पर्धामा पनि चीनका खेलाडीले स्वणर् र रजत पदक जिते । इरानकी खेलाडीले कांस्य हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण