सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

मङ्गलबार, ०९ असोज २०८०, १३ : १०
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले समाजवादी जागरण अभियान–२०८० सञ्चालनको विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने प्रवक्ता जगन्नाथ  खतिवडाले जानकारी दिए । 

गत महिना बसेको नेकपा एसको केन्द्रीय  समिति बैठकले ‘मुलुकका रूपान्तरणकारी एजेण्डा/मुद्दाहरू राष्ट्रलाई सुनाउने’ उद्देश्यले जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । जागरण अभियान असोज १४ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । 

अध्यक्ष माधव नेपालको नेतृत्वमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश सचिवालय सदस्य र जिल्ला पदाधिकारी रहेको २००१ सदस्यीय मूल समारोह आयोजक कमिटी गठन गरेको छ । प्रदेश इन्चार्जको नेतृत्वमा प्रदेश कमिटी र जिल्ला कमिटी  सदस्य रहेको आयोजक कमिटी गठन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप