एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
मङ्गलबार, ०९ असोज २०८०, १३ : १०
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले समाजवादी जागरण अभियान–२०८० सञ्चालनको विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
गत महिना बसेको नेकपा एसको केन्द्रीय समिति बैठकले ‘मुलुकका रूपान्तरणकारी एजेण्डा/मुद्दाहरू राष्ट्रलाई सुनाउने’ उद्देश्यले जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । जागरण अभियान असोज १४ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।
अध्यक्ष माधव नेपालको नेतृत्वमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश सचिवालय सदस्य र जिल्ला पदाधिकारी रहेको २००१ सदस्यीय मूल समारोह आयोजक कमिटी गठन गरेको छ । प्रदेश इन्चार्जको नेतृत्वमा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्य रहेको आयोजक कमिटी गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण