सांसद तोसिमा कार्कीद्वारा शिक्षा तथा स्वास्थ्य समितिको बैठक बोलाउन माग
मङ्गलबार, ०९ असोज २०८०, १५ : ५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले डाक्टरहरु कुटिएको विषयमा शिक्षा तथा स्वास्थ्य समितिको बैठक बोलाउन माग गरेकी छन् । मंगलबार समितिलाई पत्र लेख्दै सांसद कार्कीले विशेष ध्यानाकर्षणसहित आकस्मिक बैठकको माग गरेकी हुन् ।
उनले हेटौडा अस्पताल, लमजुङ अस्पताल, कोशी अस्पताल, मणिपाल मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान कन्चनरपुरको प्राथमिक स्वास्थ्य केन्द्र, चितवन नादिको बगौडा अस्पताल लगायत थुप्रै स्वास्थ्य संस्थाहरूमा दुलहुज्जत र हातपातको घटना भएको बताएकी छन् ।
सांघातिक आक्रमण र भिडतन्तले स्वास्थ्य कर्मी मात्र नभई उपचाररत बिरामीहरूको उपचारमा समेत क्षति पुगेको उनले बताएकी छन् । यस विषयमा छलफल गर्न तथा सरकारको ध्यानाकर्षण गर्न भन्दै उनले समितिको बैठक बोलाउन माग गरेकी हुन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण