बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद तोसिमा कार्कीद्वारा शिक्षा तथा स्वास्थ्य समितिको बैठक बोलाउन माग

मङ्गलबार, ०९ असोज २०८०, १५ : ५५
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले डाक्टरहरु कुटिएको विषयमा शिक्षा तथा स्वास्थ्य समितिको बैठक बोलाउन माग गरेकी छन् । मंगलबार समितिलाई पत्र लेख्दै सांसद कार्कीले विशेष ध्यानाकर्षणसहित आकस्मिक बैठकको माग गरेकी हुन् ।

उनले हेटौडा अस्पताल, लमजुङ अस्पताल, कोशी अस्पताल, मणिपाल मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान कन्चनरपुरको प्राथमिक स्वास्थ्य केन्द्र, चितवन नादिको बगौडा अस्पताल लगायत थुप्रै स्वास्थ्य संस्थाहरूमा दुलहुज्जत र हातपातको घटना भएको बताएकी छन् । 

सांघातिक आक्रमण र भिडतन्तले स्वास्थ्य कर्मी मात्र नभई उपचाररत बिरामीहरूको उपचारमा समेत क्षति पुगेको उनले बताएकी छन् ।  यस विषयमा छलफल गर्न तथा सरकारको ध्यानाकर्षण गर्न भन्दै उनले समितिको बैठक बोलाउन माग गरेकी हुन् । 

tt1

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप