मोरङको कटहरिमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु
मङ्गलबार, ०९ असोज २०८०, १६ : ४०
विराटनगर । मोरङको कटहरीमा सवारी दुर्घटनामा परेर हुलाक कार्यालयमा काम गर्ने एक जना कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ ।
मंगलबार पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ वर्षिया हुलाकी चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।
विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको कालो पल्सर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
मृतक अधिकारी सोराभाग इलकन हुलाकका कर्मचारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण