एमाले बागमती अधिवेशनको उम्मेदवारी दर्ता भोलि, मतदान बिहीबार
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको उम्मेदवारी दर्ता भोलि (बुधबार) हुने भएको छ । एमाले बागमती प्रदेशले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी दर्ता भोलि र निर्वाचन बिहीबार गर्ने जनाएको हो ।
एमाले नेता शेर बहादुर तामाङका अनुसार निर्वाचन कार्यक्रम बुधबार बिहान ८ बजेदेखि सुरु हुनेछ । उनका अनुसार बिहान ८ बजे मतदाता नामावली प्रकाशन, ९ बजे अन्तिम नामावली प्रकाशन, ९ः११ मा उम्मेदवारी दर्ता हुनेछ । यस्तै दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ ।
नेता तामाङका अनुसार असोज ११ गते बिहीबार मतदान हुनेछ । मतदान बिहान ८ बजेदेखि सुरु हुने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ ।
मंगलबार बन्दसत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले प्रतिवेदन पेश गरेका थिए । १३ जिल्ला र जनसंगठन विभागसहितको ७ समूहमा प्रतिवेदनमाथि छलफल भएको थियो । प्रतिवेदनमाथि आनन्दकुमार श्रेष्ठ, बद्री मैनाली, हस्त पंण्डित, कमल पाठक, एकलाल श्रेष्ठ, वेलीमाया घले र रमेश पौडेलले धारणा राखेका थिए । नेताहरुले राखेका धारणाको अध्यक्ष पाण्डेले जवाफ दिएपछि सुझावसहित प्रतिवेदन पारित भएको हो ।
एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन हुन लागेको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेको बागमती प्रदेश अधिवेशन नयाँ नेतृत्व चयन गरेर सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टोको सडक महोत्सवमा गोलीबारी, कम्तीमा २ जनाको मृत्यु
-
अमेरिकाद्वारा इरानका करिब १४० सैन्य लक्ष्यमा आक्रमण
-
मिटरब्याज विरुद्धको पैदल यात्रा चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढे पीडित (तस्बिरहरू)
-
उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा बर्खा पनि सहज
-
‘जेनजी’ आन्दोलनका योद्धाहरूलाई न्याय दिलाउँछु : अफ्साना बानु
-
रौतहटमा नवविवाहिताको शङ्कास्पद मृत्यु : माइती पक्षद्वारा हत्याको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण