एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम बुधबार बिहानदेखि सुरु हुने
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम बुधबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेको बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम बुधबार बिहान ८ बजेदेखि मात्रै सुरु हुने भएको हो । एमाले बागमतीले विद्युतीय मेसिनबाट मतदान गर्ने भएको छ । जसमा एक पटकमा ४४ जनाले मतदान गर्नसक्ने एमालेले जनाएको छ । यस्तै एक जनालाई मतदान गर्न करिब २० देखि २५ मिनेट लाग्ने जनाइएको छ ।
मतदान भने बिहीबार बिहान ८ बजेदेखि सुरु हुने नेताहरुले बताएका छन् । एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन गर्न लागेको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
मंगलबार बन्दसत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले प्रतिवेदन पेश गरेका थिए । १३ जिल्ला र जनसंगठन विभागसहितको ७ समूहमा प्रतिवेदनमाथि छलफल सकेर टोली नेताले प्रतिवेदनमा उठाएका प्रश्नको अध्यक्ष पाण्डेले जवाफ दिएका थिए ।
सो प्रतिवेदन बन्दसत्रबाट पास भएको छ । एमाले बागमती प्रदेशमा ४० वर्ष मुनीकालाई छुट्टै क्लष्टर र १५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न नेताहरुले माग गरेका छन् । बन्दसत्रमा जनसंगठन परिचालन निर्देशिका भने बनेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
-
बझाङ दुर्घटना : स्थानीय तहबाट न्यूनतम साढे दुई लाख सहयोग गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण