एसियाली खेलकुदको प्रिक्वार्टरफाइनबाटै बाहिरिए नेपाली मुक्केबाज भूपेन्द्र र सुष्मा
बुधबार, १० असोज २०८०, १६ : २१
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पाँचौं दिन बुधबार नेपालका दुई बक्सिङ खेलाडी प्रिक्वार्टरफाइनल चरणमै पराजित भएका छन् । नेपाली खेलाडी सुष्मा तामाङ र भूपेन्द्र थापा प्रिक्वार्टरफाइनल चरणमा पराजित भएका हुन् ।
महिला ४५ देखि ५० केजी तौल समूहको प्रिक्वार्टरफाइनल चरणको खेलमा कजाकस्तानकी खेलाडी नजिम किजाइबीले सुष्मालाई अंकको आधारमा ५—० ले हराइन् । जितसँगै कजाकस्तानकी खेलाडी प्रतियोगिताको क्वार्टरफाइनल चरणमा पुग्न सफल भइन् ।
यसैगरी नेपाली खेलाडी भूपेन्द्र थापा पुरषतर्फको ५७ देखि ६३ केजी तौल समूहको खेलमा पराजित भएका हुन् । चाइनिज ताइपेईका खेलाडी लाई चु एनले नेपालका भुपेन्द्रलाई अंकका आधारमा ४—० ले हराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण