राजनीति
अध्यक्षमा ढुंगेल र दाहालको मनोनयन दर्ता, यी हुन् प्रस्तावक र समर्थक
बुधबार, १० असोज २०८०, १६ : ५८
काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।
बुधबार एमाले पार्टी कार्यालय च्यासलमा जारी निर्वाचन प्रक्रिया अन्तर्गत ढुंगेल र दाहालले उम्मेदवारी दर्ता गरेका हुन् ।
ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ रहेका छन् भने समर्थकमा वचन देउजा रहेका छन् । त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् ।
उम्मेदवारी मनोनयनको क्रम साँझ ६ बजे सम्मलाई तोकिएको छ । मतदान बिहीबार हुँदैछ । यसअघि अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका कृष्णभक्त पोखरेल, सानु श्रेष्ठ र केशवराज पाण्डेले भने यो समाचार तयार पार्दासम्म मनोनयन दर्ता गरिसकेका छैनन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण