मणिपाल घटना : इन्स्पेक्टर निलम्बित, बैदामका डीएसपीको सरुवा
बैदाममा राजेन्द्र श्रेष्ठको सरुवा
बुधबार, १० असोज २०८०, १७ : ०९
काठमाडौँ । पोखराको मणिपाल शिक्षण अस्पतालमा विवाद भएपछि सुरक्षामा खटिएका प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गरिएको छ । उपचाररत एकजना महिलाको मृत्युपछि उत्पन्न विवादमा ‘विवादास्पद अभिव्यक्ति’ दिएका श्रेष्ठलाई निलम्बन गरिएको गृह मन्त्रीका स्वकीय सचिव विजय गौतमले बताए ।
वडा प्रहरी कार्यालय बैदाममा कार्यरत डिएसपी वेद प्रकाश जोशीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । वडा प्रहरी कार्यालय बैदामको क्षेत्रमा बिरामीका आफन्तले प्रदर्शन गरेका थिए ।
इन्स्पेक्टर श्रेष्ठ जिल्ला प्रहरी कार्यालयबाट प्रदर्शन स्थलमा खटिएका थिए । प्रहरी प्रधान कार्यालयले बैदाममा डिएसपी राजेन्द्र श्रेष्ठलाई सरुवा गरेको छ । श्रेष्ठ प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण