नेपालमा उत्पादित टायल निर्यात गर्न कानुन चाहियो : सांसद तिमल्सिना
काठमाडौँ । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले कानुनी समस्याका कारण नेपालमा उत्पादित टायल विदेश निर्यात गर्न नसकिएको भन्दै सो समस्या समाधान गर्न माग गरेका छन् ।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले नेपालमा उत्पादित टायल विदेश निर्यात गर्न कानुन नै नरहेको भन्दै सो समस्या समाधान गर्नुपर्ने बताएका हुन् । उनले नेपालमा उत्पादित कतिपय साम्रगीहरु विदेश बेच्ने कानुन नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
उनले काठमा पनि नेपाल आत्मनिर्भर रहेको उल्लेख गर्दै विदेशबाट काठ आयात गर्नु नहुने बताए । त्यस्तै राजमार्गहरुमा सहजै सञ्चार सुविधा पाउने वातावरण बनाउन आवश्यक ठाउँमा टेलिफोन टावरहरु राख्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद तिमल्सिनाले राष्ट्रिय गौरवको आयोजनाहरु निर्धारित समयमा सम्पन्न हुनेगरी निर्माण कार्य हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण