अस्ट्रेलियामा बलात्कारको मुद्दा खेपिरहेका श्रीलंकाली क्रिकेटर निर्दोष ठहर
काठमाडौँ । अस्ट्रेलियाको सिड्नीमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका एक श्रीलंकाली क्रिकेटर अन्ततः न्यायालयबाट निर्दोष सावित भएका छन् । श्रीलंकाली क्रिकेटर दनुस्का गुनाथिलकामाथि गत नोभेम्बरमा अस्ट्रेलियाको सिड्नमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।
अघिल्लो वर्ष सम्पन्न आईसीसी टी—२० विश्वकप खेल्न अस्ट्रेलिया गएको बेला श्रीलंकाली क्रिकेटर गुनाथिलकामाथि बालात्कारको आरोप लागेको थियो । टी—२० विश्वकप सन् २०२२ को अक्टोबर १६ देखि नोभेम्बर १३ अस्ट्रेलियामा आयोजना भएको थियो ।
बालात्कारको आरोप लागेपछि श्रीलंका श्रीकेट (एसएलसी) ले गुनाथिलकालाई निलम्बन गरेको थियो । ति महिलाले आफूमाथि पटक—पटक बलात्कार भएको आरोप लगाएकी थिइन् । त्यसपछि सिड्नीको प्रहरीले क्रिकेटर गुनाथिलकालाई पक्राउ गरी अनुशन्धान अगाडि बढाएको थियो ।
लामो समयसम्मको सुनुवाईपछि गुनाथिलका न्यु साउथ वेल्स जिल्ला अदालतबाट निर्दोष सावित भएका हुन् । गुनाथिलकाले भने प्रारम्भदेखि नै आफूमाथि लगाइएको आरोप निराधार रहेको दाबी गर्दै आएका थिए ।
न्यायालयबाट निर्दोष सावित भएपछि गुनाथिलकाले आफू छिट्टै पुनः क्रिकेटमा फर्कने बताएका छन् । ‘अन्ततः मैले न्याय पाएको छु । अब म सामान्य जीवनमा फर्कने छु । म आफ्नो खेलजीवनलाई पनि निरन्तरता दिनेछु,’ ३२ वर्षीय गुनाथिलकाले भनेका छन् ।
गुनाथिलकाले श्रीलंकाका लागि आठ टेस्ट, ४७ एकदिवसीय अन्तर्राष्ट्रिय र ४६ वटा टी—२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण