मङ्गलबार, १९ मङ्सिर २०८०
ताजा लोकप्रिय

रिडी‐रुद्रबेणी सडक अवरुद्ध

बिहीबार, ११ असोज २०८०, १६ : १०
बिहीबार, ११ असोज २०८०

गुल्मी । पहिरोका कारण कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर अन्तर्गतको रिडी‐रुद्रबेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

रुरुक्षेत्र गाउँपालिका एक अन्र्तगत रिडी बजारदेखि नजिकै रहेको बिष्णुपञ्जरमा गएराति सडक माथिबाट ठूलो चट्टान सहितको पहिरो खसेको हो । पहिरो खसेको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको नेतृत्वमा सडक सञ्चालनका लागि बिहानैदेखि प्रहरी टोली घटना स्थलमा खटिरहेको छ । विडारी कन्ट्रक्सनद्वारा स्काभेटरको माध्यमवाट पहिरो पन्छाउने काम भइरहेको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए ।

रिडी‐रुद्रबेणी‐वामीटक्सार हुँदै बाग्लुङ्गको बुर्तिवाङसम्म पुग्ने उक्त सडक जिल्लामा सबैभन्दा बढी सवारी साधनहरु सञ्चालन हुने सडकमा पर्छ ।  सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवललगायतका गन्तव्यमा पुग्ने यात्रु र सवारी साधन रोकिएका छन् । अबरुद्ध सडक चाँडो भन्दा चाँडो सञ्चालनका लागि काम भइरहेको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप