अपडेट
प्रहरी जवानले बोकेको एसएलआरबाट गोली चल्यो, सहकर्मी घाइते
शुक्रबार, १९ असार २०८३, १६ : ०६
सारांश
- सप्तरीको राजविराज नगरपालिका-६ स्थित कारागार कार्यालयमा ड्युटीमा खटिएका प्रहरी जवानको हतियार पड्किएको छ ।
- असावधानीपूर्वक एसएलआर राइफलबाट गोली फायर हुँदा अर्का प्रहरी जवान घाइते भएका छन् ।
- घाइते जवानको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।
काठमाडौँ । सप्तरीको राजविराज नगरपालिका–६ स्थित कारागार कार्यालयमा ड्युटीमा खटिएका प्रहरी जवानले बोकेको हतियार पड्किएको छ ।
असावधानीपूर्वक एसएलआर राइफलबाट गोली फायर हुँदा अर्का प्रहरी जवान घाइते भएका छन् । बुधबार राति ११ बजेर २० मिनेटको घटनामा २२ वर्षीय प्रहरी जवान अजय कुमार मोता घाइते भएका हुन् ।
कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकमा ड्युटीमा रहेका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादवले बोकेको एसएलआर पड्किएको हो। असावधानीपूर्वक गोली चलेर भित्तामा लागेको र गोलीको टुक्राले लागेर जवान मेताको कम्मरमाथि ढाडमा चोट लागेको सप्तरीका एसपी रूपक खड्काले रातोपाटीलाई बताए ।
घाइते जवानको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण