सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
सहर घुम्न निस्किए जीवित देवी–देवता, (फोटोफिचर)
इन्द्रजात्रा

सहर घुम्न निस्किए जीवित देवी–देवता, (फोटोफिचर)

बिहीबार, ११ असोज २०८०

काठमाडौँ । इन्द्रजात्राको दिन जीवित देवी कुमारीका साथै जीवित देवताको रुपमा पुजिने गणेश र भैरव आज बिहीबारदेखि सहर परिक्रमा गर्न निस्किएका छन् । काठमाडौँको तल्लो र माथिल्लो टोल घुम्नको लागि आजदेखि कुमारी, गणेश र भैरव रथमा सवार भएका हुन् । 

आजदेखि सुरु हुने रथयात्रा करिब एक हप्तासम्म चल्छ । इन्द्रजात्रा सुरु भएसँगै वसन्तपुर दरबार क्षेत्रमा हजारौँ मानिसहरु भेला भएका छन् । काँठ क्षेत्रमा रहेका विभिन्न देवीदेवता पनि मानव रुपमा रथ अगाडि आएर जीवित देवी तथा देवताको बाटो देखाउन आइपुगेका छन् ।

किम्बदन्ती अनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमाको व्रतका लागि पारिजातको फूल, कर्कलाको पातलगायत सामग्री लिन पृथ्वीमा आउँदा पक्डिएकाले  इन्द्रजात्राको सुरु भएको भन्ने गरिन्छ । प्राचीनकादेखि नै विजयको प्रतीकका रुपमा इन्द्रजात्रा मनाउन थालिएको विश्वास छ । 

मल्लकालदेखि इन्द्रजात्रामा कुमारी जात्रा पनि गर्न थालिएको हो । मल्ल राजाको यात्रामा सँगसँगै रथमा बसेर हिँड्ने चलन थियो । पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि भने दाम राखेर ढोग्ने परम्परा सुरु भएको हो । मल्लकालदेखि मात्र इन्द्रजात्रा सुरु भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ।

मल्लकालसम्म भाद्र शुक्ल एकादशीका दिन गरिने इन्द्रध्वजोत्थान शाहकालदेखि भने भाद्र शुक्ल द्वादशीका दिन गर्न थालिएको हो । पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि पनि यहाँको संस्कृतिलाई आत्मसात गर्दै यो परम्परालाई निरन्तरता दिइएको इतिहासमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया