मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
सारांश
- बागमती प्रदेश सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा एमालेका मन्त्रीहरूको राजीनामा पत्र मुख्यमन्त्रीसमक्ष बुझाउनुअघि नै सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बुझाउन तयार पारिएको सामूहिक राजीनामापत्र एमाले संसदीय दलको सचिवालयबाट बाहिरिएको हो ।
- एमाले संसदीय दल सचिवालयका एक कर्मचारीले उक्त पत्र सचिवालयबाट कसरी बाहिरियो भन्ने विषयमा औपचारिक जानकारी नभएको बताए ।
मकवानपुर । बागमती प्रदेश सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा एमालेका मन्त्रीहरूको राजीनामा पत्र मुख्यमन्त्रीसमक्ष बुझाउनुअघि नै सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बुझाउन तयार पारिएको सामूहिक राजीनामापत्र एमाले संसदीय दलको सचिवालयबाट बाहिरिएको हो ।
मुख्यमन्त्री बानियाँ मंगलबारदेखि चितवनमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मुख्यमन्त्री बुधबार दिउँसोमात्रै हेटौँडा फर्किने कार्यक्रम छ । त्यसपछि मात्रै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने छन् ।
यसैबिच एमाले संसदीय दलको सचिवालयबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने तथा मन्त्रीहरूको सामूहिक राजीनामासम्बन्धी पत्र सार्वजनिक भएको छ । पत्रमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षर भए पनि पार्टीको आधिकारिक छाप भने लगाइएको छैन ।
एमाले संसदीय दल सचिवालयका एक कर्मचारीले उक्त पत्र सचिवालयबाट कसरी बाहिरियो भन्ने विषयमा औपचारिक जानकारी नभएको बताए । उनका अनुसार कुनै सांसद वा मन्त्रीले नै मोबाइलबाट फोटो खिचेर सार्वजनिक गरेको हुनसक्छ ।
एमालेले केन्द्रको निर्देशनअनुसार बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । सरकारमा रहेका एमालेका ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भए पनि मुख्यमन्त्रीको अनुपस्थितिका कारण औपचारिक प्रक्रिया केही घण्टा पर धकेलिएको हो ।
एमालेले भने पत्र सार्वजनिक भएको विषयमा कुनै प्रतिक्रिया दिएको छैन । अब मुख्यमन्त्री हेटौँडा फर्किएपछि राजीनामापत्र बुझाउने र समर्थन फिर्ताको पत्र दर्ता गराउने तयारी रहेको एमाले स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण