एमालेको कोशी प्रदेश अधिवेशन आज उद्घाटन हुँदै
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेशको पहिलो अधिवेशन आजदेखि विराटनगरमा सुरु हुँदैछ । दुईदिनसम्म चल्ने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । विराटनगरको होटल मनास्लुमा राखिएको अधिवेशनको लागि ९९७ जना प्रतिनिधि निर्वाचित भइसकेका छन् भने त्यसको ५ प्रतिशत अर्थात् ५० जना मनोनयन हुने बताइएको छ । यद्यपि मनोनयन भने अहिलेसम्म भएको छैन ।
अधिवेशनको सबै प्रक्रिया असोज १४ गतेसम्ममा सक्ने तयारी रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले जानकारी दिएका छन् । अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ४७ जना प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने बताइएको छ ।
यस्तै कोशी प्रदेशमा देखिरहेको पहिचानको मुद्दाको विषयमा पनि अधिवेशनमा छलफल हुने एमाले कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेको भनाइ छ । अधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति, अनुगमन निर्देशन समिति र १२ वटा उपसमिति बनेका छन् । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्माण गर्नेछ ।
एमालेले संघीयतापछि पहिलो पटक कोशी प्रदेशको अधिवेशन गर्न लागेको हो । यसलाई सबैले चासोपूर्वक हेरिरहेको प्रचार उपसमिति संयोजक शैलेश लामाले बताए । नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुबिर महासेठले सकेसम्म सर्वसहमत नेतृत्व चयन गर्ने अन्यथा निर्वाचन प्रक्रियाबाट उम्मेदवार चयन गरिने बताए । उनले पार्टी नेतृत्वले कसैलाई लाइन दिने र कसैलाईन नदिने भन्ने नहुने भन्दै उनले प्यानलसहित निर्वाचन लड्न बर्जित गरिएको पनि बताए ।
प्रदेश अध्यक्षका लागि हालसम्म नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल र नेता घनश्याम खतिवडाको प्रतिस्पर्धा हुने अनुमान छ । यद्यपि हालका अध्यक्ष तुलसीप्रसाद न्यौपाने र उपाध्यक्ष टिकाराम चेम्जोङको पनि अध्यक्षको आकांक्षीको नाम चर्चामा छ । यद्यपि अहिलेसम्म पार्टी अध्यक्ष ओलीले कसैलाई बचन नदिएका कारण आकांक्षी नेताहरु ढुक्क हुन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण